TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Feb 04, 2026 · Swadesh

शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

काठमाडौं। आगामी शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।


काठमाडौं महानगरपालिका वडा-२२ को आयोजना र संकटा क्लब सहआयोजनामा आगामी माघ २३ र २४ गते संकटाको टेबहाल परिसरमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै 


नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीर गणेशमान सिंहको स्मृतिमा प्रतियोगिता गर्न लागेको जनाएको छ । यस प्रतियोगितामा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ६ सय ४० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । त्यसमा पुरुष तीन सय २० र महिला तीन सय २० जना खेलाडी रहनेछन् । प्रत्येक टिमबाट अधिकतम् २० जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल तेक्वान्दो संघले प्रदान गर्नेछ ।


प्रतियोगितामा ग्योरोगी (प्थयचगनष्) तर्फ पुरुष र महिलामा समान आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइटमा महिलातर्फ २०–२४ केजी, २४–२८ केजी, २८–३२ केजी, ३२–३६ केजी, ४०–४४ केजी, ४४–४८ केजी र ४८–५२ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्पm पनि सोही तौलसमूहमा खेल हुनेछ । यसैगरी, एकल पुम्से (एययmकबभ) तर्फ पुरुष तथा महिलामा दुई उमेरसमूह १२ वर्षमुनि र १२ वर्षदेखि १६ वर्षसम्म प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २० स्वर्ण, २० रजत र ४० कांस्य पदक प्रदान गरिनेछ । खेलाडीहरूलाई पदकसँगै नगद पुरस्कारको व्यवस्था पनि गरिएको छ ।


स्वर्ण पदक विजेताले तीन हजार, रजत पदक विजेताले दुई हजार र कांस्य पदक विजेताले एक हजार नगद पुरस्कारका साथै पदक प्राप्त गर्नेछन् । टिम च्याम्पियनले ट्रफी पनि पाउनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि अनुमानित १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले महानगरस्तरमा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा युवा पुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउने विश्वास लिइएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →