← समाचारमा फर्कनुस्
Other Sports Feb 25, 2023 · Nepalsports

टेबलटेनिस टोली भारत जाँदै

टेबलटेनिस टोली भारत जाँदै

डब्लुटीटी स्टार कन्टेन्डर गोवामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च ३ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।

व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा राकेश महर्जन छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे । टोलीको प्रायोजन सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. ले गरेको बताइएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →