← समाचारमा फर्कनुस्
Other Sports Jun 01, 2023 · Shishir

११औ एन एस ए कप पौडी जेठ २१ देखि २२ गतेसम्म

११औ एन एस ए कप पौडी जेठ २१ देखि २२ गतेसम्म

काठमाडौ- नेपाल पौडी संघले राष्ट्रिय स्तरको ११औ एन एस ए कप पौडी प्रतियोगिता यहि जेठ २१ र २२ गते हुने भएको छ।

यस प्रतियोगिता सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरको ५० मिटर पुलमा विहान ८ बजे हिट्स तथा साझ ४ बजेदेखि फाइनल खेल हुनेछ।

आज विहिवार नेपाल खेलकुद पत्रकार संघमा पत्रकार सम्मेलन गर्दै संघले जानकारि दिएको हो।

प्रतियोगितामा पुरुष १७० जना र महिला ९० जना गरि कुल २६० प्रतिस्पर्धिहरुले खुल्ला समुहमा २८ स्वर्ण र उमेर समुहमा ३६ स्वर्णका लागी खेलाडीहरुले प्रतिषपर्धा गर्नेछन्।

यस प्रतियोगिताबाट मित्र राष्ट्र चीनको होन्जाउ शहरमा सन् २०२३ सेक्टेम्बर २३ देखि अक्टोवर ७ तारिकसम्म हुने १९औ एशियाली खेल प्रतियोगितामा नेपालबाट २ पुरुष र २ महिला तथा वैकल्पिक १,१ जना वैकल्पिक खेलाडीको अन्तिम छनोट पनि गरिनेछ।

खेलाडीको हौसला तथा मनोवल उच्च बनाउन संघले खुल्लातर्फ उत्क्रिष्ट १/१ महिला तथा पुरुष खेलाडीलाई जनहि १०/१० हजार रुपैया ले सम्मानित गर्ने संघले जानकारि दिएको छ।

प्रतियोगितामा विराटनगर,विरगंज, नेपालगंज तथा प्रतियोगिताका ३६ विद्यालयबाट सहभागिता जनाउने खेलाडीको नतिजाको आधारमा उत्क्रिष्ट ३ विद्यार्थीलाई प्रथम, द्वितिय र त्रितयको रुपमा टिम च्याम्पियनलाई ट्रफि प्रदान गर्ने संघले बताएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार अनुमानित बजेट विनियोजन गरेको संघले जानकारि दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →