← समाचारमा फर्कनुस्
Other Sports Jul 28, 2024 · Swadesh

डुवाना र सुस्मिता पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिर

डुवाना र सुस्मिता पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिर

काठमाडौं । नेपाली पौडीवाज डुवाना लामा र सुटर सुस्मिता नेपाल पेरिस ओलम्पिक २०२४ को पहिलो चरणबाटै बाहिरिएका छन्।

आइतबार फ्रान्समा भएको खेलमा दुवै खेलाडी पहिलो चरणमै पराजित भएका हुन्। २०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.४७ सेकेन्ड खर्चिइन्। 

सात खेलाडी सहभागी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन्। डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन्।

यस्तै, नेपाली सुटर सुस्मिता नेपाल पनि ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन्। १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक जोडिन्। 

४३ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहिन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्।

यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा पहिलो चरणबाटै समाप्त भएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →