TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 15, 2026 · Swadesh

स्विडेन समूह एफ को शीर्षमा

स्विडेन समूह एफ को शीर्षमा

स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियामाथि ५–१ को जित रच्दै समूह एफ को शीर्ष स्थानमा उक्लेको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा स्विडेनले हात पारेको जित सहज रह्यो । यो जितपछि स्विडेनको तीन अंक भएको छ । स्विडेनका लागि यासिन अयारीले दुई गोल गरे ।

यसै समूहका जापान र नेदरल्यान्ड्स समान एक एक अंकमा छन् । यसअघिको खेलमा उनीहरूले बराबरी खेलेका थिए । पराजित ट्युनेसिया भने शून्य अंकमा चार टिममध्ये अन्तिम स्थानमा रह्यो । अयारीले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै सातौं मिनेटमा गोल गरे र स्विडेनलाई सुरुआती अग्रता दिलाए ।

एलेक्जान्डर इसाकले ३० औं मिनेटमा स्विडेनका लागि दोस्रो गोल थपे । उनले एक्लै बल अगाडि बढाउने क्रममा सुन्दर गोल गरेका हुन् । ट्युनेसिया ४३ औं मिनेट एक गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । ओमन रेकिकले ट्युनेसियाका लाग गोल गरेका हुन् ।

तर ट्युनेसिया खेलमा फर्कन सकेन् । ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा भिक्टर ग्योकेरेसले ५९ औं मिनेटमा तेस्रो गोल गरे । खेलको ८४ औ. मिनेटमा म्याथिस स्भानबगले चौथो गोल थपे । सुरुमा उनको गोलमा अफ साइडको निर्णय दिइएको थियो । तर पनि भारको मदतले त्यस गोलले मान्यता पायो । अयारीले दोस्रो हाफको इन्ज्युरी समयमा आफ्नो दोस्रो गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Cape Verde Islands 0 0
1 Saudi Arabia 0 0
1 Spain 0 0
1 Uruguay 0 0
सबै समूह →