← समाचारमा फर्कनुस्
Other Sports Aug 29, 2025 · Swadesh

स्वाटिकलाई गाह्रो यानिसकलाई सजिलो

स्वाटिकलाई गाह्रो यानिसकलाई सजिलो

उपाधिका लागि बलियो प्रत्यासी रहेकी इगा स्वाटिकले संघर्ष गर्दै शुक्रबार यूएस ओपनको तेस्रो चरणको यात्रा तय गरेकी छिन् । यो यात्रा आफैमा सजिलो भने रहेन् ।


उनले तीन सेट चलेको खेलमा नेदरल्यान्ड्सकी सुजन लामेन्सलाई ६–१, ४–६ र ६–४ ले पराजित गरिन् । पोल्यान्डकी स्वाटिकलाई यो खेल जित्न दुई घण्टा छ मिनेटको आवश्यकता परेको थियो ।


खेलपछि उनले भनिन्, ‘यो जित कठिन रह्यो । मेरो लागि यो परीक्षा नै रह्यो ।’ अर्कोतर्फ पुरुषतर्फ भने नम्बर १ खेलाडी यानिक सिनरले पनि तेस्रो चरण प्रवेश गर्नेका लागि  एलेक्सी पोपरिनलाई ६–१, ६–२ र ६–२ ले हराए ।


यो यात्रा आफैमा सजिलो रह्यो । तर खेलपछि यानिकले पनि आफ्नो खेलमा सुधार आवश्यक रहेको दाबी गरे । उनले भने, ‘सानो सानो कुरामा ध्यान आवश्यक छ, नत्र गाह्रो हुन सक्छ ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →