← समाचारमा फर्कनुस्
Other Sports Jun 19, 2025 · Swadesh

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

काठमाडौं, असार ५ः एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन्। राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे। 

राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए। 

समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। उनले आज ८–अन्डर ६४ को स्कोर गरे। प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनले आज ५–अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए। 

साबिक विजेता सुबाश तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे। भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए। 

धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे। समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधि सहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।
दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २–अन्डर ७० स्कोर गरे। प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए। आज ५–अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे। 

समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे। 
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए। तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए। 

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक–एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे। 

सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमा डबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए। 

बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। 

एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →