← समाचारमा फर्कनुस्
Volleyball Sep 11, 2024 · Swadesh

सुर्याले चितवन शक्तिबाट खेल्ने

सुर्याले चितवन शक्तिबाट खेल्ने

काठमाडौं । एभेरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। 

चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो। 

इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। 

सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभेरष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन्। उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिएइन्। यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जितेकी खेलाडी हुन्। 

चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →