← समाचारमा फर्कनुस्
बागमतीलाई हराउँदै सुदूरपश्चिम तेस्रो

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा सुदूरले बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो।
सुदूरपश्चिमले २५-१९, २५-२३ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट पनि २५-२१ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो।
सेमिफाइनलमा सुदूरपश्चिम गण्डकी तथा बागमती लुम्बिनी प्रदेशसँग पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |