मिलरको ब्याटिङलाई ओझलमा पार्दै सुदुरपश्चिम विजय

सुदूरपश्चिमले नेपाल प्रिमियर लिग सिजन थ्री मा शुक्रबार कर्णाली याक्सलाई ३९ रनले हराएको छ । यो नतिजापछि दुई पल्टको उप–विजेताको छ अंक भएको दोस्रो स्थानमा उक्लेको छ । यो जितले सुदूरपश्चिमले प्ले अफ छनोटका लागि दावेदारी पनि प्रस्तुत गरेको छ ।
हारले कर्णाली भने चार अंकमै सीमित रह्यो । कर्णालीमाथि सुदूरपश्चिमको यो लगातार तेस्रो जित पनि हो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको कर्णालीले सात विकेटमा १ सय ३७ रन मात्र बनाउन सक्यो । डेविड मिलरले कर्णालीका लागि नटआउट रहेर ९३ रन बनाए ।
तर त्यो पनि पर्याप्त रहेन् । उनले ५५ बलको सामना गरेर पाँच चौका र सात छक्का प्रहार गरे । उनलाई छाडेर दीपक डुम्रेले १८ रन बनाए । यस बाहेक अरू कसैले पनि दोहोरो रन छुन सकेनन् । हारले कर्णाली दबाबमा आउने छ ।
टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको सुदूरपश्चिमले छ विकेटमा १ सय ७६ रन बनाएको थियो । यो स्कोर पहिलो विकेटका लागि विनोद भण्डारी र सइफ जइबले ६८ रनको साझेदारीमा टिकेको थियो । विनोद २७ रन बनाएर रनआउट भए ।
जइफले भने ३५ रन बनाएर सूर्य तामाङको बलिङमा बोल्ड भए । यस्तै ब्रेन्डन म्याकमुलेनले २४ र इशान पाण्डेले २३ रन बनाए । थरिन्दु रथ्नायेके २२ रन बनाएर नटआउट रहे । यो जितले पाँच खेलबाट सुदूरपश्चिमको छ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ ।
कर्णाली भने चार अंकमै सीमित रह्यो । कर्णालीमाथि सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । कर्णालीले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन् । सुदूरपश्चिमले यस सिजन लगातार दुई खेल जितेको भने यो पहिलो पटक हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |