← समाचारमा फर्कनुस्
Top Headlines Nov 05, 2026 · Swadesh

विराटनगरमाथि काठमान्डुको सजिलो जित

विराटनगरमाथि काठमान्डुको सजिलो जित

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको बिहीबार भएका खेलमा विराटनगर किंग्सलाई सजिलै नौ विकेट पराजित गरेको छ । यो नतिजाले काठमान्डुको तीन खेलबाट चार अंक भएको छ ।

यससँगै पाँच टिम चार अंकमा रहे र यसमा एक विराटनगर पनि रहेको छ । यसले प्ले अफ समीकरण अझ रोमाञ्चक भएको छ । कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम पनि समान चार अंकमै छन् ।

कीर्तिपुरको टीयू मैदानमा पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रन मात्र बनाएर अलआउट भएको थियो । रुपेश सिंहको २६ र एन्जोले म्याथ्युजसको २२ रन बाहेक अरूले गतिलो योगदान गर्न सकेनन् ।

काठमान्डुका लागि सन्तोष यादवले ११ रनमा तीन विकेट लिए । झिनो लक्ष्य पछ्याएको काठमाडौंले एक विकेट गुमाएर ९.४ ओभरमा एक विकेट गुमाएर ८६ रन बनायो ।  

अस्ट्रेलियाली जोडीमध्ये डेविड वार्नरले ४४ तथा विलियम बोसिस्टोले २३ रन बनाए र नटआउट रहे । यस्तै ओपनर साहिल पटेलले पनि १० रनको योगदान दिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →