← समाचारमा फर्कनुस्
Top Headlines Nov 06, 2026 · Swadesh

पोखरालाई निराश पार्दै चितवन तेस्रो स्थानमा

पोखरालाई निराश पार्दै चितवन तेस्रो स्थानमा

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा शुक्रबार पोखरा एजेन्जर्समाथि ३० रनको जित निकाल्दै तेस्रो स्थानमा उक्लेको छ । यो जितपछि चितवनको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । पोखराको भने यो लगातार चौथो हार हो ।

यस्तोमा पोखरा शून्य अंकमा पुछारमा छ । उसको प्ले अफ सम्भावना पनि लगभग समाप्त भएको छ । जितका लागि १ सय ५२ रन पछ्याएको पोखरा १९ ओभरमा १ सय २१ रन बनाएर अलआउट भएको हो । पोखराका लागि अर्जुन कुमाल ४४ बलमा ४५ रन बनाए र यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । चितवनका बलरमध्ये कमल ऐरीले र रिजन ढकालले तीन तीन विकेट हात पारे ।

त्यस अगाडि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा छ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । त्यसमा कप्तान सिकन्दर राजा र रवि बोपाराले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे । त्यसमध्ये राजाले १६ बलमा ३७ बनाए भने बोपाराले २८ बलमा ३५ रन जोडे ।

सुरुमा अर्जुन साउदले डाविड मालनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । अर्जुनले २७ बलमा ३१ रन र मालनले २८ बलमा २८ रन बनाए । कुशल मल्लको ब्याटबाट ११ रन मात्र सम्भव भयो । पोखराका बलरमध्ये करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई दुई विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →