अपराजित रहँदै सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौं । अपराजित रहँदै सुदूरपश्चिम प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित हासिल गर्यो।
सुदूरपश्चिमले २५-२१, २५-१३, २५-१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो।
लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ।
यस्तै अब सेमिफाइनलमा सुदूरपश्चिमले गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन्।
यसैगरी पुरुषतर्फ नै अर्को खेलमा मधेश प्रदेशलाई ३–० सेटमा हराउँदै कर्णाली प्रदेशले सान्त्वना जित हासिल गर्यो।
कर्णलीले २५-१८, २५-२२, २५-२० को सेटमा जित हासिल गरेको हो।
यसैगरी महिलातर्फको सेमिफाइनलमा लुम्बिनीले गण्डकी र कोशीले बागमतीसँग प्रतिस्पर्धा गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |