भदौ १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग 'सिजन थ्री'

काठमाडौं। अखिल नेपाल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्त टेबल टेनिस एकेडेमीको आयोजनामा हुने स्टयाग गोल्बल च्याम्पियन्स लिग 'सिजन थ्री' भदौ १ देखि हुने भएको छ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति भाद्र ०१ देखि ६ गतेसम्म "स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थी' हुने बताएको हो।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता भाद्र ६ गतेसम्म चल्नेछ। ६ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा १० टिम सहभागिता जनाउनेछन्। प्रतियोगितामा यला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन्स टेबल टेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबल टेनिस क्लब, ओल्ड हाउस रेस्टुरो, टप स्पिन टेबल टेनिस, गुड्स नेपाल, खोल्चा पुंखु खेलकुद समिति र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी छन्। प्रत्येक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरिएको छ।
प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। पहिलो हुने टिमले नगद ३ लाख रुपैयाँसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले १ लाख ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा हार्ने दुवै टिमलाई ७५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |