स्ट्याग ग्लोबल च्याम्पियन्स लिग टेबल टेनिस प्रतियोगिता मंगलबारदेखि

स्ट्याग ग्लोबल च्याम्पियन लिग टेबल टेनिस प्रतियोगिता मंगलबारदेखि शुरू हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा वार्षिक कार्यक्रमअन्तर्गत स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। मिक्स टिम लिग प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ।
पाँच दिन सम्म चल्ने यस प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल)सहित एभीएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपोङ क्लब, नागाउँ स्पोर्ट्स क्लब, गड स्पिन टेबल टेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब र जी स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमी गरी ९ टोलीले सहभागिता जनाउने छन्।
जसमा सहभागी ९ टिममध्ये ५ टिमले प्रतियोगिताको नियम अनुसार एक पुरुष र एक महिला विदेशी खेलाडीहरू समावेश गर्न पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैयाँ रहेको छ।
यस प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँसहित रनिंग ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्। यस्तै, द्वितीय हुने टोलीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् र तृतीय हुने (दुवै सेमी-फाइनलिस्ट)ले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |