← समाचारमा फर्कनुस्
श्रीलंकाको पहिलो जित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा श्रीलंकाले पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार श्रीलंकाले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हासिल गरेको हो।
श्रीलंकाले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो।
यो जितसँगै श्रीलंकाले जारी प्रतियोगितामा तीन खेलबाट चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहिन छ।
श्रीलंका यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा पराजित भएको थियो। यता, माल्दिभ्स भारत र इरानसँग समान ३–० को सेटमा पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |