स्क्वासलाई एक्स स्टेपको साथ

नेपाल स्क्वास र्याकेट संघको आयोजनामा हुने एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० का लागि एक्स स्टेपले प्रायोजन गरेको छ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा एक कार्यक्रमबीच एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बिहिबार नेपाल स्क्वास र्योकट संघका महासचिव लोकेन्द्रसिंह भण्डारी तथा प्रतियोगिता निर्देशक दिलिप नरसिंह अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गर्नुभयो । यस प्रतियोगितामा रहेका छ विधाका विजेता खेलाडीहरुलाई पुरस्कारस्वरुप एक्सस्टेपको खेल पोशाक प्रदान गरिनेछ ।
नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास हुन लागेको हो । यो प्रतियोगिता मङ्सिर २४ देखि २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट विधा खेलाइनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |