← समाचारमा फर्कनुस्
Other Sports Jun 12, 2025 · Swadesh

स्क्वासको पुरुष टिम इभेन्टमा बागमतीलाई उपाधि

स्क्वासको पुरुष टिम इभेन्टमा बागमतीलाई उपाधि

काठमाडौँ, जेठ २९ गते । बागमती प्रदेशले बिहिबार १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ । 

एक दिनअघि बागमती महिला टिम इभेन्ट्समा पनि च्याम्पियन बनेको थियो । महिला टिम इभेन्ट्समा गण्डकी प्रदेश उपविजेता तथा कोशी र कर्णाली प्रदेश संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष टिम इभेन्टको फाइनलमा बागमतीले कोशी प्रदेशलाई ३–० ले हरायो । अरहन्तकेशर सिम्हले नैन बहादुर मगरलाई ११–२, ११–३, ११–५, पासाङ ब्लोनले सुर्य कुमार राईलाई ११–३, ११–४, ११–६ र राकेश परियारले खेमराज राइलाई ११–४, ११–५ र ११–३ ले हराएर बागमतीलाई च्याम्पियन बनाउनुभयो । बागमतीको टिममा प्रज्वल प्रधान र कोशीको टिममा शक्ति लिम्बु पनि रहनुभएको छ ।

यसैगरी सुदीपबहादुर ंिसंह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरी सामेल लुम्बिनी प्रदेश तथा दिपक थापा, हेसिल घिसिङ, सञ्जिव थापा मगर र कृष श्रेष्ठ सामेल मधेश प्रदेशको टिम संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।

सातदोबाटोस्थित स्क्वास हलमा चालू प्रतियोगिताअन्तर्गत बिहिबार व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहन्त कर्णालीका हिमाल जिसीलाई सजिलै ११–१, ११–२ र ११–२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाउनुभयो । यसैगरी कोशीका सुर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११–९, ५–११, ११–५ र ११–७ ले हराएर अन्तिम आठमा पुग्नुभयो ।

यसैगरी पहिलो चरणमा कोशीका नैन बहादुर मगरले लुम्बिनका गौरव कटवाललाइ ११–५, ११–२, ११–५, कर्णालीका जैन जिसीले कोशीका शक्तिलाई ११–८, ११–४, ११–८, कोशीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११–३, ११–६, ११–८, कोशीका सुर्यकुमारले लुम्बिनीका यमलाई ११–६, ११–६, ११–६ तथा मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११–८, ११–६ र ११–४ ले हराउनुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →