← समाचारमा फर्कनुस्
Volleyball Sep 19, 2025 · Swadesh

राखेप सदस्य-सचिव घिसिङद्वारा भलिबल टिमको प्रशिक्षण अवलोकन

राखेप सदस्य-सचिव घिसिङद्वारा भलिबल टिमको प्रशिक्षण अवलोकन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण रहेका महिला भलिबल टोलीको प्रशिक्षण अवलोकन गरेका छन्। 


शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए।


सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिएका छन्।


यस्तै, गत भदौ २३/२४ गते काठमाडौं भएको जेनजी प्रदर्शनको कारण काभा महिला भलिबल लिग स्थगित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →