TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Top Headlines Sep 06, 2025 · Swadesh

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औं संस्करणका लागि अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।


पल्सर स्पोट्र्स अवार्ड यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको यस अवार्ड कार्यक्रम पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । त्यसैले अवार्ड कार्यक्रममा उपस्थित अतिथिहरूको आवासको प्रवन्ध गर्न पोखरा लेकसाइडमा रहेको मझेरीसँग सम्झौता भएको छ ।


सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अवार्डका दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध मझेरी रिसोर्टले प्रदान गर्नेछ ।


मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमा आफ्नो रिसोर्टले सेवा दिन पाउनु गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । त्यसमा पनि मझेरीको विशेष साथ रहने विश्वास दिलाउन चाहन्छु ।’


मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ ।


नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम हो पल्सर स्पोट्र्स अवार्ड । हरेक वर्ष हुने भएकाले मुख्यतः खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदै आइएको छ । यस वर्ष पनि २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डो¥याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिने छ ।


अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ रहनेछ । स्पोट्र्स अवार्ड प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।


एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।  


खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।


पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →