स्पेन महिला विश्वकपको नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप स्पेनले जाम्बियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेकोछ। समूह सी को बुधबार दिउसो भएको दोस्रो खेलमा स्पेनले जाम्बियालाई ५-० गोलले पराजित गरेको हो।
स्पेनले खेलको नवौं मिनेटमा जेनिफर हर्मोसोको पासमा टेरेसा अबेलेइराले डि बक्स बाहिर बाट प्रहार गर्दै १-० को अग्रता दिलाएको थियो । त्यस्तै १३ औं मिनेटमा जेनिफर हर्मोसोले एलेक्सियाले क्रस गरेको बलमा हेड गर्दै स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिईन् ।
खेलको ६९ औं मिनेटमा इभा मारीयाको थ्रु बलमा अल्बा रेडोन्डाले गोल गर्दै ३-० को नतिजा दिकटलाईन ।
खेलको ७० औं मिनेटमा हर्मोसोले पोलमी लागि रिबाउण्ड बलमा उत्कृष्ट सट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरिव र स्पेनलाई ४-० को अग्रता दिलाईन। खेल सकिन ५ मिनेट अघि रेडोन्डाले इभा मारीयाको क्रसमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५–० को शानदार जित दिलाईन् ।
समूह सी मा स्पेन र जापानको समान ६ अंक जोडेका छन् । समूह विजेताका लागि दुवै टिमले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । बुधबारको खेलमा पराजित भएका कोस्टारिका र जाम्बिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |