← समाचारमा फर्कनुस्
Other Sports Jun 29, 2026 · Swadesh

एसपीए ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजक

एसपीए ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १९ असारमा आयोजना गर्न लागेको सातौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एकेडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतासँगै अब सुदूरपश्चिम स्पोर्ट्स अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ रहने अध्यक्ष पाठकले जानकारी दिए । एसपीएले अवार्डलाई लगातार चौथो वर्ष मुख्य प्रायोजकका रुपमा साथ दिएको हो । 

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । सातौ संस्करणको अवार्डमार्फत वर्ष २०८२–०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई आठ विधामा अवार्ड प्रदान गरिने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →