← समाचारमा फर्कनुस्
सोसिडाडलाई हराएर बेटिस शीर्ष चारमा

रियल बेटिसले स्पेनी ला लिगामा शुक्रबार राति खराव लयमा रहेको रियल सोसिडाडलाई ३–१ ले हराउँदै शीर्ष चारमा स्थान बनाएको छ । यो जितपछि बेटिसको छ खेलबाट नौ अंक भएको छ ।
यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो र उसले चार खेल मात्र खेलेको छ । कुचो हर्नान्डेज र पाब्लो फोर्नल्सले बेटिसका लागि गोल गरे । अर्को गोल एलेक्स रेमिरोको नाममा आत्मघाती रह्यो ।
सोसिडाडका लागि भने ब्राइस मेन्डिजले एक गोल गरे । सोसिडाडको पाँच खेलबाट दुई अंक मात्र छ र यो रेलिगेसन क्षेत्रबाट ठीक माथि हो ।
युरोपेली घरेलु लिगका शुक्रबार राति अन्य खेलमध्ये जर्मन बुंडेसलिगामा स्टुटगार्टले सेन्ट पउलीलाई २–०, इटालीको सिरी ए मा कागलिरीले लेसेलाई २–१ तथा फ्रान्सेली लिग वानमा लियोनले एन्गेर्सलाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |