सिनरले लियो मीठो बदला

यानिक सिनरले आइतबार विम्बल्डन २०२५ को पुरुष एकल उपाधि जितेका छन् र यससँगै लिएका छन्, आफ्ना खास प्रतिद्वन्द्वी कार्लोस अल्कारेजमाथि मीठो बदला । ‘यो जित असाध्यै विशेष रह्यो, म त सपनामै रमाइरहेको छुं,’ उनले भने ।
अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा इटालीका सिनर ४–६, ६–४, ६–४ र ६–४ ले विजयी रहे । यससँगै उनले ३५ दिन अगाडि मात्रै फ्रेन्च ओपन फाइनलमा अल्कारेजसँग बेहोरेको पीडादायी हारको बदला पनि लिएका हुन् ।
त्यस फ्रेन्च ओपन फाइनलमा सिनर जितको नजिक थिए । सुरुआती दुई सेट जितेपछि तेस्रो सेटमा ‘म्याच प्वाइन्ट’ कै संघारमा थिए । तर अल्कारेजले अविश्वसनीय पुर्नआगमन रचे र उपाधि जिते । अब भने सिनरले तिनै प्रतिद्वन्द्वीबाट विम्बल्डन उपाधि खोसेका छन् ।
यो उपाधि एउटा अर्को कारणले पनि विशेष छ, सिनरका लागि । यो वर्षको सुरुमा उनी तीन महिनाको डोपिङ प्रतिबन्धमा पनि परेका थिए । उनको चर्को आलोचना पनि भएको थियो । तर उनले कोर्टमै खेलेर त्यसको उत्तर पनि दिएका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |