← समाचारमा फर्कनुस्
Other Sports Sep 01, 2025 · Swadesh

श्रेष्ठ र राजकर्निकार ओसीएको कारवाहीमा

श्रेष्ठ र राजकर्निकार ओसीएको कारवाहीमा

काठमाडौं– नेपालमा बैधानिक ओलम्पिक कमिटीबारे विवाद चर्किरहेको बेला ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को त्यस्तो निर्णय बाहिर आएको छ, जसले आधिकारिक को हो भन्ने भ्रम फेरि एकपल्ट हटाएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोडाचढी संघका अध्यक्ष रवि राजकर्निकारलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।


ओसीएको अगस्ट २८ मा बसेको कार्यकारी बैठकले यो निर्णय गरेको हो र त्यस अनुसार ओसीएससँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् । ओसीएकै एथिक्स कमिटीको निर्णय र सिफारिसमा यो निर्णय गरेको पनि जनाएको छ ।


त्यति मात्र होइन्, उसले प्रतिबन्ध तत्काल लागू हुने भनेको छ । एथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले पत्र लेख्दै प्रतिबन्धबारे जानकारी दिएको हो । यसअघि ओसीएले उनीहरूलाई नै ९० दिनको प्रतिबन्ध लगाएको थियो । श्रेष्ठ र राजकर्निकार दुवै ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठिन तथा सरकार समर्थित नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीमा सदस्य रहेका छन् ।


श्रेष्ठ जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको पछिल्लो कार्यकालमा महासचिव समेत थिए । यस्तै राजकर्निकारले पनि लामो समयदेखि ओलम्पिक कमिटीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । पछिल्लो पटक भने उनीहरू सरकार समर्थित खेमामा छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →