← समाचारमा फर्कनुस्
Football Mar 18, 2026 · Swadesh

सेनेगल होइन, मोरक्को अब च्याम्पियन

सेनेगल होइन, मोरक्को अब च्याम्पियन

सन् २०२६ को अफ्रिकी कप अफ नेसन्सको विजेता अब आयोजक मोरक्को हुने भएको छ । अफ्रिकी फुटबल महासंघ (काफ) ले मंगलबार सनसनीपूर्ण रूपमा सेनेगलबाट उपाधि खोसेको छ ।


काफले मोरक्को उल्टै ३–० ले विजेता बनेको घोषणा गरेको छ । रबाटमा भएको जनवरी १८ को फाइनलको दोस्रो हाफको इन्ज्युरी समयमा मोरक्कोको पक्षमा पेनाल्टीको निर्णय सुनाइएपछि सेनेगलका अधिकांस खेलाडीले त्यसको विराधेमा मैदान छाडेका थिए ।


कप्तान साडियो मानेको अनुरोधमा केही समयपछि सेनेगलका खेलाडी मैदानमा फर्के, तर मोरक्को त्यस पेनाल्टीमा गोल गर्न चुकेको थियो । त्यसपछि पापे गुयेले गोल गरे र सेनेगल १–० ले विजयी रह्यो ।


मोरक्कोको अपिलपछि काफले उसको पक्षमा ३–० को नतिजा सुनाएको छ र सेनेगलले त्यस फाइनल छाडेको स्थिति मानिएको छ । प्रतियोगिताको नियम अनुसार कुनै टिमले रेफ्रीको निर्णय विना खेल छाडेमा अथवा खेल्न अस्विकार गरेमा त्यसलाई पराजित मानिने भनिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →