TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Feb 16, 2026 · Swadesh

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

४ फाल्गुण, ललितपुर। ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न तलकमोहन श्रेष्ठ स्मृति अन्तर विद्यालय चेस प्रतियोगिताको उपाधि महालक्ष्मी स्पोर्ट्स एकेडेमीका जेनिस घिसिङले जितेका छन् । 


निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेनिसले भ्याली पब्लिक स्कूलका प्रतिक ढुंगेल विरुद्ध पर्पेन्च्युअल ड्र गर्दै शून्य दशमलव पाँच अंकको अग्रतामा विजेता बन्न सफल भएका छन्।


आज चलेको अन्तिम खेलमा ७.५ अंक जोडेर कालो गोटी वाट खेल आरम्भ गरेका जेनिसले थ्रि फोल्ट रिपिटरशन गर्दै ७ अंकमा खेल्दै गरेका प्रतिक विरुद्ध फोर्स बराबरी गर्न वाध्य बनाएका थिए। 


यस सँगै जेनिसले एकल ८ अंक बनाएर शीर्ष स्थानमा खेल अन्त्य गर्दै नगद पुरस्कार रु. ६ हजार, आकर्षक ट्रफी, गोल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।


भ्याली पब्लिक स्कुलका खेलाडी प्रतीक ढुंगेलले ७.५ अंक जोडेर द्वितीय स्थानमा खेल अन्त्य गरेका छन्। प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरेका ढुंगेलले नगद पुरस्कार रु. ४ हजार, सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।


समान ७.५ अंक जोडेर टाइब्रेकको आधारमा महालक्ष्मी चेस एकेडेमीका सौगात घिमिरे तृतीय स्थानमा रहन सफल भएका छन्। उनले नगद पुरस्कार ३ हजार, ब्रञ्ज मेडल तथा प्रमाणपत्र हात पारेका छन्।


भ्याली पब्लिक स्कुलका सुविज्ञ दाहाल प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो, भ्याली कै इश्रान राज श्रेष्ठ पाँचौं, वेष्ट विङ्ग स्कूलका प्रसन्न महर्जन समान ७ अंक सहित छैठौं स्थानमा रहे।


यस्तै महालक्ष्मी चेस एकेडेमिका आरभलाल श्रेष्ठ, अनन्त इङ्गलिस स्कूलका साहिल बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दिप श्रेष्ठ तथा भ्याली पब्लिक स्कुलका इशान राज श्रेष्ठ समान ६.५ अंक हासिल गर्दै क्रमशः दशौं स्थानमा रहँदै नगद पुरस्कार बाँडेका छन्।


यसैगरी छात्रा तर्फ ७ अंक जोडेर फ्युचर स्टार्स एकेडेमिका शीर्ष १७३५ रेटेड खेलाडी ग्लोसि श्रेष्ठ प्रथम भइन्। आर्श्री आचार्य ६ अंक बनाइ द्वितीय, बालकुञ्ज इङ्लिस स्कूलका इन्सु ओलि ५.५ अंक तृतीय, श्रृंगेरि स्कूलका ईशा घिमिरे ५ अंक चौथो तथा महालक्ष्मी एकेडेमीका शुभश्री श्रेष्ठ पाँचौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरिन्।


महालक्ष्मी चेस एकेडेमीले आयोजना गरेको दुई दिने अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा विधागत तर्फ युवा ८ वर्षमा महालक्ष्मी स्पोर्ट्स एकेडेमीका आदित्य न्यौपाने, युवा १० वर्षमा जिनियस आईबी स्कूलका अभियान राई, नमुना इङ्लिस सेकेन्डरी स्कूलका अश्विन श्रेष्ठ र बालकुञ्ज इङ्लिस स्कूलका इसान ओली उत्कृष्ट भए।


युवा १२ वर्ष मुनि महालक्ष्मीका रियाज चौलागाईं, नेपाल डनबस्को स्कूलका अमुल्य राज श्रेष्ठ र नमुना इङ्लिस स्कूलका बोतल राई उत्कृष्ट तिनमा रहन सफल भएका छन्।


तलक मोहन श्रेष्ठ स्मृति महालक्ष्मीनगर अन्तर स्कूल बुद्धिचाल प्रतियोगितामा जम्मा ११० विद्यार्थी खेलाडीले कूल ३३ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रका लागि १५ मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय नियन्त्रण प्रणाली अन्तर्गत प्रतिस्पर्धामा सहभागी भएको थियो।


प्रतियोगिता सम्पन्न भए पश्चात् नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले विजयी खेलाडीहरुलाई पुरस्कृत गरे। कार्यक्रममा ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिक्रम श्रेष्ठ, संयोजक अशोक मोहन श्रेष्ठ, प्रमुख निर्णायक हरिकृष्ण श्रेष्ठ, भ्याली पब्लिक स्कुलका प्रशिक्षक एफए सोराज ताम्राकार, परिवार हरि मोहन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →