← समाचारमा फर्कनुस्
सातदोबाटो र नव जनजागृतिले अंक बाँडे

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत सातदोबाटो युथ क्लब र नव जनजागृति युवा क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका हुन्।
खेलको २६औं मिनेटमा बिक्रम ठोकरले गोल गर्दै नव जनजागृति युवा क्लबलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ४८औं मिनेटमा अरुण लामाले गोल फर्काउँदै सातदोबाटो युथ क्लबलाई खेलमा फर्काए।
त्यसपछि दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल १–१ को बराबरीमा सकियो।
बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women