सरिताको चार गोलमा आरएस पोखराको फराकिलो जित

काठमाडौं। सरिता बिकको शानदार प्रर्दशनमा आरएस रिसोर्ट एन्ड बिच फुटबल महिला टिम पोखराले फराकिलो जित दर्ता गरेको छ।
एन्फा महिला लिग छनोट अन्तर्गत च्यासल मैदानमा साेमबार सम्पन्न पहिलाे खेलमा आरएसले सिन्धुपाल्चाेक फुटबल क्लबलाई ८–३ गोलले पराजित गरेको हो।
आरएकाे जितमा सरिताले ह्याट्रिकसहित चार गाेल गरिन्। यस्तै, इशा चाैधरीले दुई, सलिना सरु र तुलसी शाहीले समान एक एक गाेल गरिन्। यता, पराजित सिन्धुपाल्चाेककाे लागि अनु भुषालले दुई गाेल गरिन्।
पहिलाे हाफमा ३–२ सकाएकाे सिन्धुपाल्चाेकले दाेस्राे हाफकाे सुरुआतमै गाेल गर्दै खेल ३–३ काे बराबरीमा ल्याएकाे थियाे। त्यसपछि खेलमा एकतर्फी गाेल गरेकाे आरएसले ५ गाेल थप्न सफल भयाे।
जारी प्रतियाेगितामा सिन्धुपाल्चाेककाे याे लगातार तेस्राे हार हाे। यता, दाेस्राे जित हासिल गरेकाे छ। जितसँगै आरएसले दुई खेलबाट ६ अंक जाेडेकाे छ। पराजित सिन्धुपाल्चाेक भने अंक विहिन रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |