← समाचारमा फर्कनुस्
Other Sports Jul 27, 2024 · Swadesh

स्यान्टु सेनेगलका डिएवसँग पराजित

स्यान्टु सेनेगलका डिएवसँग पराजित

काठमाडौं । नेपाली टेबुलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका छन्।

उनी डिएवसँग ४-० ले पराजित भएका हुन्। पहिलो सेटमा टक्कर दिएपछि उनी १०-१२ ले पराजित भए। त्यसपछि उनी खेलमा फर्किन सकेनन् र ३-११, ४-११ र ५-११ ले पराजित हुन पुगे।

योसँगै उनी अन्तिम ६४ मा पुग्न असफल भएका छन्। गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए। 

स्यान्टु छनोटचरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन्। समग्रमा भने उनी छनोटचरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेक थिए। नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →