TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Feb 22, 2026 · Swadesh

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

काठमाडौं । अभिक शाह र अनिश प्रसाइँको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा ईलाम हाइटलाई पराजित गर्दै सफलता हात पारेको हो ।


‘बगहाउस फम्र्याट’ मा सञ्चालित प्रतियोगिता पाँच चरणमा लिगका शीर्ष चार टिमले उपाधि होडमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । लिगमा १९४८ रेटेड अभिक नेतृत्वको सान्टा जेभियरले शतप्रतिशत जितसहित शीर्षस्थान हासिल गर्यो । निहाना श्रेष्ठ र रिदम थापाको टिम मार्भलस चार जितसहित दोस्रो भयो ।


सुरेन्द्रकुमार राई र रवीन्द्र श्रेष्ठको टिम ईलाम हाइट तेस्रोमा रह्यो । बराबरी अंकपछि त्रियोग हाईस्कुललाई प्ले–अफमा हराएर प्याट्रियटिक पनले पनि शीर्ष चारमा स्थान बनायो । तर, प्रवीर केसी र पर्ल श्रेष्ठसम्मिलित प्याट्रियटिक पनलाई सेमिफाइनलमा रोक्दै सान्टा जेभियर फाइनल पुगेको थियो । अर्को सेमिफाइनलमा होटल ईलाम हाइटले टिम मार्भलसलाई पराजित गरेको थियो ।


हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा प्रत्येक टिममा फिडे रेटेड एक खेलाडीलाई मात्रै समावेश गरिएको थियो । परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई टिम निर्माणमा संलग्न गरिएको प्रतियोगिताको विजेता सान्टा जेभियरले सात हजार रुपिया, ट्रफी र मेडल हात पारे । उपविजेता होटल ईलाम हाइटले पाँच हजार र मेडल तथा तेस्रो भएको टिम मार्भलसले तीन हजार र मेडल प्राप्त गरे ।


विजेता खेलाडीहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र अन्टरप्रेनर अनुप आचार्यले पुरस्कार प्रदान गरेका थिए । हिमालयन चेस एकेडेमीको झक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा आयोजित प्रतियोगितामा १२ टिम सहभागि थिए । योसँगै २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमी आफैले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गर्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →