TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Nov 07, 2025 · Swadesh

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स

काठमाडौँ, कात्तिक २१ गते । नेपालका सानो भाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् । 

दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको कोर्स प्रशिक्षक पौडेलले पूरा गरेका हुन् । यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन एथलेट्सहरुलाई पनि प्रशिक्षण दिन योग्य भएका छन् ।  

‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुपै्र मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करीब छ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सहरु नेपालममा व्यवहारिकरुपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ– प्रशिक्षक पौडेलले जानकारी दिए ।


सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । पौडेलले लेभल टु कोर्सपछि अब नेपाली ट्राइथलन खेलाडीहरुलाई थप परिस्कृत प्रशिक्षण दिएर उनीहरुको स्तर बढाउने उद्देश्य लिएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →