TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 27, 2026 · Swadesh

चित्लाङमाथि संकटाको जित

चित्लाङमाथि संकटाको जित

काठमाडौं। एन्फा राष्ट्रिय लिगअन्तर्गत सम्पन्न खेलमा संकटा फुटबल क्लबले चित्लाङ फुटबल क्लबमाथि ४–० को प्रभावशाली जित निकालेको छ।


संकटाको जितमा रिचार्ड चुकउदालु वन्यमाले ह्याट्रिक पूरा गरे। उनले विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्दै तीनै गोल गरेका हुन्। यस्तै, ताइ दानीएल बादारुले एक गोल थप्दै टोलीको जित सुनिश्चित बनाए।


यस जितसँगै संकटाले आठ खेलबाट नौ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ। पराजित चित्लाङ समान खेलबाट सात अंकसहित तालिकाको बाह्रौं स्थानमा झरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →