शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने

काठमाडौं। आगामी शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने भएको छ।
बूढानिलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजना फाइट नाइट बैशाख २० गते बेलुका ५ बजे हुन लागेको हो।
गोल्फुटारको बास्केटबल कोर्टमा हुन हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन्।
प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। अधिकारीका अनुसार कुल नौ फाइट हुनेछ। त्यसमा सात पुरुष र दुई महिलाको फाइट हुने तय छ।
मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ। अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। दुईवटा खेलमा नेपाल र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन्। उनका अनुसार प्रतिस्पर्धीपश्चात् सबै खेलाडीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |