TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Mar 25, 2026 · Swadesh

सन्दीपसहित ८ नेपाली खेलाडी इयू टी–२० लिगमा

सन्दीपसहित ८ नेपाली खेलाडी इयू टी–२० लिगमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बेल्जियममा आयोजना हुने इयू टी–२० लिगमा सहभागी हुने भएका छन्।


बेल्जियममा पहिलोपटक हुन लागेको फ्रेन्चाइज आधारित यो लिग आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जेबी ब्रुग्स, एन्टवर्प एंकर्स, ब्रसेल्स वारियर्स, घेन्ट ग्लाडियटर्स, लुभेन लायन्स र लियेज रेड लायन्स सहभागी रहनेछन्।


ड्राफ्टमार्फत कप्तान रोहित पौडेल, विकेटकिपर ब्याटर आशिफ शेख, स्पिनर ललितनारायण राजवंशी र युवा खेलाडी इशान पाण्डे विभिन्न टोलीमा अनुबन्ध भएका हुन्।


यस्तै विकेटकिपर अनिलकुमार साह र अलराउन्डर गुल्शनकुमार झा पनि टोलीमा समेटिएका छन्।


यसअघि नै जेबी ब्रुग्सले दीपेन्द्रसिंह ऐरीलाई प्रि-साइन गरिसकेको थियो भने लियेज रेड लायन्सले सन्दीप लामिछानेलाई टोलीमा भित्र्याइसकेको थियो।


रोहित घेन्ट ग्लाडियटर्समा ‘क्याटेगोरी बी’बाट अनुबन्ध भएका छन् भने आशिफलाई एन्टवर्प एंकर्सले ‘क्याटेगोरी सी’बाट टोलीमा समेटेको छ। ललित र इशान भने दीपेन्द्र आबद्ध जेबी ब्रुग्समै पुगेका छन्।


अनिल र गुल्शन पनि ‘अप्सनल राउन्ड’मार्फत जेबी ब्रुग्समा अनुबन्ध भएसँगै एकै टोलीबाट ५ नेपाली खेलाडी मैदान उत्रने भएका छन्।


विदेशी खेलाडीका रूपमा कोलिन मनरो र रासी भान डर डुसेनलाई पनि जेबी ब्रुग्सले टोलीमा समेटेको छ।


नेपाली खेलाडीहरूको उल्लेखनीय सहभागितासँगै इयू टी–२० लिगमा यसपटक नेपालको उपस्थिति बलियो देखिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →