← समाचारमा फर्कनुस्
Other Sports Feb 18, 2025 · Swadesh

सम्झना कप टेबल टेनिस फागुन १२ गतेदेखि

सम्झना कप टेबल टेनिस फागुन १२ गतेदेखि

काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ।

कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकास बैंककंग प्रायोजन सम्बन्धि सम्झौता पनि ग¥यो।

नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तण्डुकार, पूर्णशंकर श्रेष्ठ र ललितपुर टेबल टेनिस क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सोही अवसरमा सांग्रिला बैंकसंग पनि सम्झौता भएको थियो।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्। यस प्रतियोगितामा भारतबाट ८५ पुरुष र ४८ महिलासहित नेपालका खेलाडी गरी कुल ४ सय २ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक निकेश जोशीले जानकारी गराए। प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ। मेन्स÷वुमेन्स टिम स्पर्धामा शीर्ष तीन स्थानका टोलीले क्रमशः ५० हजार, २५ हजार र समान १०÷१० हजार रूपैयाँ प्राप्त गर्नेछन्। मेन्स÷वुमेन्स सिंगल्स स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ५० हजार, २५ हजार र समान १०÷१० हजार रूपैयाँ पाउने छन्। यु–१६ सिंगल्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र समान ५÷५ हजार तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दुई खेलाडीले क्रमशः १० हजार, ५ हजार र समान ३÷३ हजार नगद पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ। त्यस्तै इक्विपमेन्ट पार्टनरमा हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोट्र्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →