समृद्धि टिम च्याम्पियन

काठमाडौं, भदौ २१ गते ।
नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् ।
कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।
विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women