← समाचारमा फर्कनुस्
Football Aug 23, 2025 · Swadesh

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ ।


कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले शुक्रबार एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।


सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन् ।


कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । ‘मेरो लागि पहिलो ब्राण्ड एम्बेसडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो । सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ । कृषि विकास बैंकले पहिलो पटक एम्बेसडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु,’ उनले भनिन् ।


बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतिक पनि भएको बताए । ‘साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो । वहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ । र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ,’ उनले भने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →