← समाचारमा फर्कनुस्
Volleyball Jun 23, 2024 · Swadesh

सहाना प्रधान स्मृति भलिबलमा पहिलो दिन तीन खेल सम्पन्न

सहाना प्रधान स्मृति भलिबलमा पहिलो दिन तीन खेल सम्पन्न

काठमाडौं । सहाना प्रधान फाउन्डेसनको आयोजनामा आइतबारबाट सुरु भएको प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा पहिलो दिन तीन खेल सम्पन्न भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो खेलमा महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई ३–० को सेटमा पाखा लगाएको हो।

पहिलो सेट २५–१४ ले जितेको लुम्बिीले त्यसपछिका दुई सेट २५–१२ र २५–१३ ले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो खेलमा पुरुषतर्फ बागमतीले मधेश प्रदेशलाई ३-१ को सेटमा पाखा लगायो।

पहिलो सेट २५-२३ ले गुमाएको बागमतीले बाँकी तीन सेट, २५-१७, २५-२२ र २५-१७ ले आफ्नो पक्षमा पारेको थियो।

यस्तै तेस्रो तथा उद्घाटन खेलमा पुरुषतर्फ कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि ३-२ को पुनरागमन जित हासिल गरेको छ। 

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल लगाएतको नेताहरुको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो। 

प्रधानमन्त्री दाहालले प्रतियोगिताको उद्घाटन गर्दै समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए।  

‘युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु। खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ’उनले भने। 

नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे। उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →