← समाचारमा फर्कनुस्
Volleyball Jun 22, 2024 · Swadesh

सहाना प्रधान स्मृति यू-१९ भलिबल आइतबारदेखि

सहाना प्रधान स्मृति यू-१९ भलिबल आइतबारदेखि

काठमाडौं । सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगित आइतबारदेखि हुने भएको छ।

प्रतियोगिताका महिला र पुरुष गरि सात प्रदेशको सहभागिता रहनेछ। यस प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।

प्रतियोगितामा महिलातर्फ मधेश, कोशी, कर्णाली र लुम्बिनी समूह ए तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश समूह बी मा रहेका छन्। 

यस्तै पुरुषतर्फ समूह ए मा मधेश, कर्णाली, वाग्मती र सुदूरपश्चिम तथा समूह बी मा लुम्बिनी, गण्डकी र कोशी प्रदेश छन्। 

सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिताको लक्ष्य ग्रासरुट स्तरदेखि नै भलिबल विकासमा रहेकाले सातै प्रदेशका महिला तथा पुरुष यू–१९ टिम सहभागी गराएको आयोजकले जनाएको छ।

 असार १५ सम्म चल्ने प्रतियोगिता विजेताका दुवैतर्फका विजेताले ३ लाख, २ लाख, १ लाख रूपैयाँ प्राप्त गर्नेछन्। दुवैका सर्वोकृष्टले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →