यू–१७ फुटबल टिमको बिदाई

श्रीलंकामा हुने यू–१७ साफ च्याम्पिनयसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टिमको शुक्रबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोको एन्फा कम्फ्लेक्समा शुक्रबार आयोजित कार्यत्रमबीच टिमको बिदाइ गरेको हो । टिम शनिबार विहान त्यसतर्फ प्रस्थान गर्नेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यसमा रहेका अन्य टिममा आयोजक श्रीलंका र बंगलादेश छन् । अर्को समूह ‘बी’ मा भारतसँगै पाकिस्तान, भुटान र माल्दिभ्स छन् । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकाविरुद्ध सोमबार खेल्नेछ । टिमको मुख्य प्रशिक्षकमा संजीव सिंह रहेका छन् । उनले घोषणा गरेको २३ सदस्यीय टिममा यस प्रकार रहेको छ ।
पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का, प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसीब हेन्जन, सुशान मगर, सुजन स्याङताङ, समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |