← समाचारमा फर्कनुस्
साफ यु-१७ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौँ । साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले उद्घाटन खेलमा आयोजक श्रीलंकाको सामना गर्दैछ ।
कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।
त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |