साफ २० वर्षमुनि च्याम्पियनसिप: नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं। साफ २० वर्षमुनि च्याम्पियनसिपमा नेपालले आफ्नाे पहिलाे खेल भुटानसँग खेल्ने भएकाे छ।
दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले चैत १० गते भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा चैत १० देखि चैत २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
नेपाल अघिल्लो संस्करणको उपविजेता टोली हो। सन् २०२४ मा नेपालमै भएको फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित हुँदै नेपाल उपाधिबाट वञ्चित भएको थियो। त्यही टोली सम्हालेका उर्जन श्रेष्ठ यसपटक पनि मुख्य प्रशिक्षकको भूमिकामा छन्।
नेपालले धर्बेन्द्र कुँवरको कप्तानीमा प्रतियोगिता खेल्नेछ।
नेपाल समूह ‘क’ मा रहेको छ। यस समूहमा आयोजक माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन्। नेपालले दोस्रो खेल चैत १२ गते श्रीलंकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल चैत १४ गते माल्दिभ्ससँग हुनेछ।
समूह ‘ख’ मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन्। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women