सबलेन्काले फेरि बनिन यूएस ओपन च्याम्पियन

बेलारुसकी विश्व नम्बर १ खेलाडी आरयना सबलेन्काले आइतबार अमान्डा एनिसिमोभालाई सिधा सेटमा पराजित गर्दै यूएस ओपनको उपाधि रक्षा गरेकी छिन् । यूएस ओपनको इतिहासमा एक दशकपछि डिफेन्डिङ च्याम्पियनले उपाधि जितेको यो नै पहिलो पटक हो ।
यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो । एनिसिमोभाको सर्भिस गेममाथि कडा आक्रमण गर्ने रणनीति लिएकी थिइन् र यो अत्याधिक सफल पनि रह्यो । यसैक्रममा सबलेन्काले आर्थर ऐस स्टेडियममा ६–३ र ७–६ (७/३) को जित हात पारिन् ।
बेलारुसकी २७ वर्षीय खेलाडीका लागि सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्ने हो भने यो नै अन्तिम अवसरको थियो । उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको फाइनलमा पराजित रहेकी थिइन् । ‘मैले ती फाइनलमा बेहोरेको हारको शिक्षा लिएकी छुं, त्यसैले आजको जितलाई म शब्दमा बयान गर्न सक्दिनं,’ खेलपछि सबलेन्काले भनिन् ।
विम्बल्डनको फाइनलमा पनि पराजित रहेकी अमेरिकी खेलाडी एनिसिमोभाले भने आफूले यसपल्टको उपाधि भिडन्तमा जितका लागि चाहिदो खेल प्रदर्शन गर्न नसकेको स्विकारिन् । उनले भनिन्, ‘आजको खेल त्यस्तो रहेन्, जसले मेरो सपना पूरा होस् ।’
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |