← समाचारमा फर्कनुस्
Other Sports Sep 11, 2026 · Swadesh

महिला फाइनलमा सबलेन्का र रेबकिना

महिला फाइनलमा सबलेन्का र रेबकिना

यूएस ओपन २०२६ को महिला एकल फाइनलमा आरयना सबलेन्का र एलेना रेबकिना भिड्ने भएका छन् । बेलारुसकी दुई पल्टकी डिफेन्डिङ च्याम्पियन सबलेन्काले पहिलो सेमिफाइनलमा जेसिका पेगुलालाई ७–५ र ६–२ ले हराइन् र लगातार तेस्रो पल्ट उपाधि जित्ने सम्भावनालाई जीवन्त राखिन् ।

सबलेन्काले यूएस ओपनमा हात पारेको यो लगातार २० औं जित हो र सन् २०२३ को फाइनल हारयता कुनै पनि खेलमा हारको सामना गर्नु परेको छैन् ।

दोस्रो सेमिफाइनलमा भने रेबकिनाले कोका गउफलाई ३–६, ६–४ र ६–४ ले पराजित गरिन् । उनको यूएस ओपनमा यसअघिको सबैभन्दा राम्रो प्रदर्शन भनेकै चौथो चरणसम्मको यात्रा रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →