← समाचारमा फर्कनुस्
Volleyball Dec 29, 2025 · Swadesh

जावलाखेलविरुद्ध रुकुम पश्चिमको जित

जावलाखेलविरुद्ध रुकुम पश्चिमको जित

काठमाडौँ। रुकुम पश्चिम ट्रेनिङ सेन्टरले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको चौथो दिनको खेलमा कठिन जित दर्ता गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार सम्पन्न दिनको पहिलो खेलमा समूह ‘सी’ को रुकुमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गरेको हो।


योसँगै रुकुमले लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।


यता, जारी प्रतियोगितामा जावलाखेलले भने पहिलो खेलमै पराजय ब्यहोरेको छ।


पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको रुकुमले तेस्रो सेट भने २३–२५ ले गुमाउन पुर्यो। त्यसपछि चौथो सेटमा रुकुमले पुनरागमन गर्दै २५–१८ ले जित हासिल गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →