TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jan 01, 2026 · Swadesh

एपीएफविरुद्ध पुनरागमन जितसहित रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जितसहित रुकुम सेमिफाइनलमा

काठमाडौँ। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा रुकुमले एपीएफलाई ३–१ सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो।


पहिलो सेट २२–२५ ले गुमाएको रुकुमले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीन सेट क्रमशः २५–२०, २५–१६ र २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो।


यस जितसँगै रुकुमले सेमिफाइनलमा स्थान बनाएको छ। रुकुमले अब शुक्रबार आर्मी क्लब र खिल्जी भलिबल क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →