← समाचारमा फर्कनुस्
Other Sports Sep 30, 2024 · Swadesh

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, असोज १३ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि रग्बी संघले आइतबार महिला र पुरुष टोलीको घोषणा गरेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापा मगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई वैकल्पिकमा राखिएको छ ।

पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकको सूचीमा छन् ।

प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् । एसिया रग्बी सेभेन्स २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →