← समाचारमा फर्कनुस्
Other Sports Oct 04, 2024 · Swadesh

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो। यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। 

यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसाग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन।

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो।

चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।

पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो। पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। 

प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।

पुरूषतर्फ

आयोजक नेपाल, फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंका

महिलातर्फ

आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →