← समाचारमा फर्कनुस्
Football Sep 04, 2025 · Swadesh

आरएस रिसोट महिला लिगको लागि छनोट

आरएस रिसोट महिला लिगको लागि छनोट

काठमाडौँ। आरएस रिसोट एन्ड बीच फुटबल महिला टिम एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट भएको छ। 


च्यासल रंगशालामा बिहिवार सम्पन्न खेलमा एन्फा महिला लिग छनोटको आफ्नो अन्तिम खेलमा स्टुडेन्स् फुटबल क्लब महिला टिमलाई ४–१ ले हराउँदै आरएस छनोट भएको हो। 


जितसँगै समूह 'ए' को आरएसले ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भएको हो। यस्तै साेहि समूहमा समान खेलबाट राप्ती फुटबल क्लब १३ अंकसहित दाेस्राे स्थानमा झरेको छ। एक खेल कम खेलेकाे चर्च ब्वाइज १२ अंकसहित तेस्राे स्थानमा छ।


योसँगै महिला लिगको लागि छनोट हुने आरएस दोस्रो टिम बनेको छ। यसअघि समूह 'बी' बाट संकटा छनोट भइसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →